आजबाट कार्तिकस्नान शुरु « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

आजबाट कार्तिकस्नान शुरु



काठमाडौँ । आश्विन शुक्ल पूर्णिमासँगै ‘कार्तिकस्नान’ शुरु भएको छ। चान्द्रमानको पात्रोअनुसार आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिकस्नान गर्ने परम्परा छ।

मंगलबार ८ घडी ५८ पला अर्थात् बिहान ९ बजेर ३५ मिनेटसम्म पूर्णिमा तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ। त्यसपछि कार्तिक कृष्ण प्रतिपदा लाग्छ।

सनातन हिन्दु धर्मावलम्बी चान्द्रमासको कात्तिक महिनाभर कार्तिकस्नान गरी भगवान् विष्णुको आराधना गर्छन्।

आषाढ शुक्ल एकादशीमा तुलसी रोपी कार्तिक शुक्ल एकादशीसम्म पूजा गर्ने र त्यो दिन विवाह गर्ने चलन छ। त्यसैको अंगस्वरूप कार्तिकस्नानलाई लिइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए।

यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासमध्ये पनि कार्तिक महिना विशेष महत्त्वको भएको बताइन्छ। कार्तिक महिनाभर बिहान सबेरै उठी स्नान गरेर आकाशमा तारा देखिँदै तुलसीको पूजा गर्नुपर्ने मान्यता छ।

यो महिनाभर सबै देवता तुलसीको मठ वरिपरि बस्ने विश्वास गरिन्छ। यो समयमा ‘आकाशदीप’ र ‘पातालदीप’ बालेर तुलसीको पूजा गरिन्छ। बाँसको खम्बा बनाएर कुनै वस्तुमा राखेर बालिने बत्तीलाई आकाशदीप भनिन्छ। तुलसीको मठमा बालिएको दीपलाई बोलीचालीको भाषामा ‘पातालदीप’ भनिन्छ।

सात, १४ वा २१ हातको बाँस वा कुनै काठको खम्बा गाडी दीप बाल्ने व्यवस्था गरिएको हुन्छ। यो भगवान् विष्णुको नाममा बालिन्छ। पातालदीप बिहान बेलुकी नै बालिन्छ। आकाशदीप साँझको आरतीका वेला बालिन्छ।

यो वर्ष असोज २३ गते सुरु भएको यो क्रम कात्तिक २२ गते पूरा हुनेछ। भगवान् नारायणका नाममा ​विधिपूर्वक आकाशदीप बाली गरी अन्त्यमा दीपदान गर्नाले यमयातना भोग्नु नपर्ने वैष्णव ग्रन्थहरूमा उल्लेख छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ७ : ५६ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री