सगरमाथाको तिब्बत क्षेत्रमा हिमपात, १ हजार पर्यटक फसे « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

सगरमाथाको तिब्बत क्षेत्रमा हिमपात, १ हजार पर्यटक फसे



काठमाडौं । सगरमाथाको तिब्बततर्फको पूर्वी क्षेत्रमा भएको भीषण हिमपातमा १ हजार पर्यटक फसेका छन् । करिब ४ हजार ९ सय मिटरको उचाइमा रहेको सो क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

त्यहाँ पर्ने सडक मार्ग समेत हिमपातका कारण अवरुद्ध भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । हिमपातमा फसेका पर्यटकको उद्दारका लागि सयौं स्थानीय र उद्दारकर्मी परिचालन गरिएको समाचारमा जनाइएको छ ।

हिमपात भएसँगै कतिपय पर्यटकलाई पहिल्यै सुरक्षित स्थानमा सारिएको छ । स्थानीय टिङ्गी काउन्टी पर्यटन कम्पनीले शनिबारदेखि सगरमाथा दृश्यावलोकन क्षेत्रको टिकट बिक्री तथा प्रवेश समेत स्थगित गरेको घोषणा गरेको जनाएको थियो ।

 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ०१ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री