चीनका पूर्व कृषिमन्त्रीलाई घुसकाण्डमा मृत्युदण्डको फैसला « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

चीनका पूर्व कृषिमन्त्रीलाई घुसकाण्डमा मृत्युदण्डको फैसला



काठमाडौँ । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार दुई वर्षको स्थगनसहित मृत्युदण्डको सजाय सुनाइएको छ। यसबारेको जानकारी उत्तरपूर्वी जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो।

अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म करिब दुई अर्ब ६८ करोड युआन ९अन्दाजी तीन करोड ८० लाख अमेरिकी डल० बराबरको नगद र सम्पत्ति घुसस्वरूप लिएको प्रमाणित भएको छ।

फैसालामा भनिएको छ, “यस घुसकाण्डले राज्य र जनताको हितमा अत्यन्त गम्भीर क्षति पुर्‍याएको छ, त्यसैले मृत्युदण्डको सजाय आवश्यक ठहरिन्छ।”

अदालतले भने पनि ताङले आफ्नो अपराध स्वीकार गरी पश्चात्ताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरिएको हो।

यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो। सो अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन्।

ताङ रेन्जियानले यसअघि गान्सु प्रान्तका गभर्नर र दक्षिणी स्वायत्त क्षेत्र गुआङ्सीका उपाध्यक्षका रूपमा समेत सेवा गरेका थिए।

उनको पतन हालैका वर्षमा भ्रष्टाचार अनुसन्धानमा परेका अन्य वरिष्ठ अधिकारी पूर्व रक्षामन्त्री ली साङ्फु र वेइ फेङ्घे — सँगै जोडिएको मानिन्छ। लीलाई पदभार ग्रहण गरेको सात महिनामै हटाइएको थियो। घुसखोरीलगायतका अपराधका कारण चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको राज्य सञ्चारमाध्यमले जनाएका थिए।

अहिले उनका उत्तराधिकारी डोङ जुन पनि भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका छन्।

 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ५९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री