काठमाडौं–नारायणगढ साझा यातायात सेवाः एकतर्फी भाडा ३०० रुपैयाँ मात्र « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

काठमाडौं–नारायणगढ साझा यातायात सेवाः एकतर्फी भाडा ३०० रुपैयाँ मात्र



दशैंलाई लक्षित गर्दै साझा यातायातले काठमाडौं–नारायणगढ वस सेवा सञ्चालन गर्ने भएको छ । साझा यातायात सञ्चालक समिति सदस्य कनकमणि दीक्षितका अनुसार, यो सेवाको एकतर्फी भाडा मात्र ३०० रुपैयाँ तोकिएको छ, जुन अन्य सवारी साधनको तुलनामा लगभग आधा सस्तो हो।

साझा यातायातका बसहरू ललितपुरको पुल्चोकबाट सुरु भई लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकी पुग्नेछन् र त्यहाँबाट नारायणगढतर्फ प्रस्थान गर्नेछन्।

कलंकीबाट पहिलो बस बिहान ७ बजे छुट्नेछ, त्यसपछि ८, ९, १०, ११ र १२ बजे गरी प्रत्येक घण्टामा बसहरू छुट्ने कार्यक्रम छ।

नारायणगढ पुगेपछि ती बसहरू पुनस् यात्रु लिएर पुल्चोक हुँदै काठमाडौं फर्किने छन्। यात्राका लागि यात्रुहरूले अनिवार्य रूपमा ३०० रुपैयाँ तिरेर टिकट लिनुपर्नेछ। बिना टिकट यात्रा गरे कानुनी कारबाही हुने साझा यातायात सहकारी संस्थाले जनाएको छ।

यात्रुहरूलाई सिट बाहेक उभिएर वा मुढामा बसेर यात्रा गर्न नदिइने स्पष्ट गरिएको छ। यात्राको व्यवस्थापन सुरक्षित, अनुशासित र नियमअनुसार हुने साझा यातायातको भनाइ छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ४५ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री