जेनजी आन्दोलनः पूर्व न्यायाधीश कार्की नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनः पूर्व न्यायाधीश कार्की नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन



सरकारले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत विद्युत प्राधिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख समेत हेरफेर गरेको मन्त्री अर्यालले बताए ।

यसैबीच आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पुनः निर्माणका लागि आयात हुने सामग्रीमा ५० प्रतिशत भन्सार छुट दिने समेत आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ४० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री