यस वर्ष अग्रिम टिकट बुकिङ खुला नहुने « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

यस वर्ष अग्रिम टिकट बुकिङ खुला नहुने



काठमाडौँ — यसपालिको दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुला नगरिने भएको छ । देशको विषम परिस्थितिका कारण बुकिङ खुला नगरिए पनि यात्रुलाई टिकट र बस अभाव हुन नदिने यातायात व्यवसायीहरूले बताएका छन् ।

केही दिनयता मात्र गोंगबुस्थित नयाँ बसपार्कबाट ५० हजारभन्दा बढी यात्रु बाहिरिइसकेको व्यवसायीको दाबी छ । सरकारी क्याम्पस बन्द भएकाले उपत्यका छाडेर पूर्व–पश्चिम जाने यात्रुको चाप बढेको हो । दसैंका लागि भनेर अग्रिम टिकट बुकिङ खोल्नुपर्ने अवस्था नदेखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए । ‘धेरै यात्रु बाहिरिइसकेका छन्, गोंगबु बसपार्कबाट दसैंका लागि करिब ५० हजार यात्रु बाहिरिएका छन्,’ उनले भने, ‘छुट्टै विशेष खालको काउन्टर खोल्न जरुरी देखिएन ।’

दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्नेलगायत विषयमा मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायको उपस्थितिमा छलफल भएको थियो । छलफलमा मुख्य रूपमा सडक सुरक्षाको विषय उठेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्नेमा फेरि समस्या आउन थालेको छ,’ उनले भने, ‘केही दिनयता पानी परिरहेकाले देशका विभिन्न ठाउँ जोड्ने सडक बिग्रिएका छन्, दसैंमा यात्रु लिएर जाने गाडी बाटोका कारण बीचबाटोमा फस्ने र लामो समय रोकिने वातावरण बन्नुभएन ।’

नयाँ बसपार्कमा दसैंको फूलपातीका दिन जस्तो यात्रुको चाप रहेको सिटौलाले जनाए । ‘यात्रु र चालकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ । सहज रूपमा सवारी साधन चल्ने वातावरण सरकारले बनाउनुपर्छ,’ उनले भने । देशको अहिलेको अवस्थाले गर्दा यो पटक अग्रिम टिकट बुकिङ खुला नगरिए पनि दसैंका बेला दुई–तीन दिनमा काठमाडौं आएका गाडीको संख्याका आधारमा टिकट बुकिङ लिँदै जाने व्यवस्था गरिने उनको भनाइ छ ।

यातायात व्यवस्था विभागको घटस्थापनाबाटै देशभर चल्न मिल्ने गरी रुट परमिट खुला गर्ने निर्णय गरेको छ । कुनै पनि गाडीले देशभर जुनसुकै ठाउँमा यात्रु बोकेर जान पाउनेछन् । रुट परमिट असोज २२ सम्मका लागि खोल्ने निर्णय भएको सिटौलाले बताए । यात्रुलाई टिकटमा कसैले ठगे वा टिकट भएर पनि गाडी नपाए काउन्टर नजिकै रहने यात्रु सहायता कक्षमा गएर गुनासो गर्न सक्ने उनले जनाए ।

जहाँ विभागका कर्मचारी र प्रहरी हुनेछन् । केही दिनभित्र यात्रुको चाप र टिकट काउन्टर भएका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्दै लगिने यातायात व्यवस्था विभागका उपमहानिर्देशक नरहरि तिवारीले जनाए । दसैंका लागि सडक पूर्वाधारमा कुनै पनि समस्या हुन नदिने सडक विभागका महानिर्देशक विजय जैसीको भनाइ छ । ईकान्तिपुरबाट

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : १८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री