आज विश्वकर्मा पूजा « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

आज विश्वकर्मा पूजा



काठमाडौँ । आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाइँदै छ। हरेक वर्ष असोज १ गते यो पर्व मनाइन्छ, जसमा सवारीसाधन, औजार र धातुजन्य उपकरणहरूको पूजा गरिन्छ। मानव सभ्यता सृजनात्मक कर्म र नव निर्माणमा आधारित छ, र यसका मूल स्रोत र प्रेरणा भगवान् विश्वकर्मा हुन्। प्राचीन ग्रन्थमा उनलाई देव शिल्पी भनिएको छ, जसले तीनै लोकको निर्माण गरेका थिए।

नेपालमा यो दिन विशेष श्रद्धा र भक्ति साथ मनाइन्छ। विश्वकर्मा पूजा विशेष गरी उद्योग, कारखाना, मेसिनरी, औजार, सवारीसाधन र भवन निर्माणका उपकरणहरूको पूजा गर्ने दिन हो। यस दिनको पूजा गर्दा काममा आउने बाधा हट्ने, उद्योगमा प्रगति हुने र परिवारमा शान्ति र समृद्धि आउने विश्वास छ।

विश्वकर्मा, ब्रह्मा र विष्णुको आदेशमा सृष्टिको निर्माण गर्ने देव शिल्पी मानिन्छन्। उनले स्वर्गलोक, लङ्का, द्वारिका र जगन्नाथ मन्दिरजस्ता महत्वपूर्ण संरचनाहरूको निर्माण गरेका थिए। उनको पूजा गर्दा प्राकृतिक ऊर्जा प्राप्त हुने र जीवनका बाधा पार हुने विश्वास छ।

विश्वकर्मा पूजाको दिन नयाँ सवारीसाधन किनेर मन्दिरमा पूजा गर्ने परम्परा पनि छ।

 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ७ : ४६ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री