जेन जी आन्दोलनः रवि र टोपबहादुरसहित ११ हजार कैदी सम्पर्क बाहिर « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

जेन जी आन्दोलनः रवि र टोपबहादुरसहित ११ हजार कैदी सम्पर्क बाहिर



काठमाडौं । मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका अधिकांश कारागारबाट भागेका १३ हजारभन्दा बढी कैदीमध्ये अधिकांश अझै फरार रहँदा समाजमा सुरक्षाको चिन्ता र त्रास बढेको छ ।

फरारमध्ये झन्डै साढे दुई हजार कैदी थुनुवा र बालबन्दी बालबिझ्याइँकर्ता कारागारको सम्पर्कमा आएका छन् तर गम्भीर प्रकृतिका अपराधमा संलग्न अधिकांश कैदी फरार रहेका कारण समाजमा भने सुरक्षाको चिन्ता बढेको छ । कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवल तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित झन्डै ११ हजार कैदी फरार छन् ।

कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार शुक्रबार दिउँसोसम्म करिब दुई हजार कैदीबन्दी आफैँ सम्पर्कमा आएका छन् । फरार सबै कैदीबन्दीलाई जतिसक्दो छिटो कारागार फर्किन आग्रह गर्दै महानिर्देशक शर्माले भने, “आफैँ कारागार फिर्ता नहुने कैदीलाई तत्काल पक्राउ गरी थप कसुर सरह जीवनभर कुनै पनि माफी मिनाह हुने छैन ।”

शर्माले सुरक्षाको अवस्थाका कारण केही कैदी कारागारबाहिर निस्कने अवस्था भए पनि फैसला गर्ने निकाय अदालतको आदेशबिना कारागारबाहिर बस्न नमिल्ने भएकाले सबै कैदीबन्दीलाई तत्काल सम्बन्धित कारागारमा फर्किन आग्रह गरे । कारागार व्यवस्था विभागले फरार रहेका सबै कैदीलाई तत्काल पक्राउ गरी कारागारमा फर्काउन, सबै सुरक्षा निकाय, सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ ।

यसका साथै विभागले नागरिक समाज र विभिन्न सरोकारवाला निकायसँग त्यस्ता व्यक्तिको जानकारी उपलब्ध गराई कानुनी दायरामा ल्याउन सहयोग गर्न पनि आग्रह गरेको छ । नवयुवा पुस्ता जेनजी ले गरेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक भएपछि सुरक्षाको कारण देखाउँदै भदौ २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएको सूचनापछि अन्य कैदीले जेल नै तोडफोड गरी भाग्ने क्रम सुरु भएको थियो ।

यो क्रमलाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसक्दा ठुलो सङ्ख्यामा कैदी जेल तोडेर भागी फरार भएपछि समाजमा त्रास बढेको छ । अधिकांश प्रहरी युनिट प्रदर्शनकारीले ध्वस्त पारेका कारण प्रहरीको अनुपस्थितिमा त्यस्ता अपराधीले कुनै घटना गर्न नसकून् भनी स्थानीय नै एकताबद्ध भई टोल समाजको सुरक्षा दिन थालेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ८ : ११ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री