जेनेभाबाट राष्ट्र संघले भन्योः नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

जेनेभाबाट राष्ट्र संघले भन्योः नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ



काठमाडौँ । सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयले आपत्ति जनाएको छ । यस घटनाको छानविन गर्न कार्यालयले माग गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीका तर्फबाट जारी नोटमा भनिएको छ, ‘नेपालमा प्रदर्शनकारीहरूको हत्या एवं घाइते भएकोमा हामी स्तब्ध बनेका छौँ । यसको शीघ्र र पारदर्शी अनुसन्धानको लागि आग्रह गर्दछौँ ।’

सामाजिक सञ्जाल प्लेटफर्ममा नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेको रिपोर्ट आफूहरूलाई प्राप्त भएको वक्तव्यमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय प्रवक्ताले भनेकी छन्, ‘सुरक्षा बल र बन्दुकको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गरिनुपर्दछ । हामी सरकारी अधिकारीहरूलाई शान्तिपूर्ण भेला एवं अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चित गर्न आह्वान गर्दछौँ ।’

 

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ४७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री