विधान महाधिवेशनमा विद्या भण्डारीको सदस्यताबारे छलफल हुँदैनः माहासचिव पोखरेल « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

विधान महाधिवेशनमा विद्या भण्डारीको सदस्यताबारे छलफल हुँदैनः माहासचिव पोखरेल



काठमाडौँ । आगामी शुक्रवार ललितपुरमा शुरु हुने एमालेको दोस्रो विधान महाधिवेशनमा २ हजार ३ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी हुने छन् । यसैबीच, महाधिवेशनको तयारी पुरा भएको एमालेले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको तयारी सकिएको जानकारी दिए ।

विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने तय भएको छ । यसैबीच, एमाले महासचिव पोखरेलले विधान महाधिवेशनमा पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताबारे छलफल नहुने बताए ।

सो विषयमा केही नेताले राखेको फरक मत विधान महाधिवेशनमा प्रवेश हुन नसक्ने उनको भनाइ थियो । पार्टीको सचिवालय बैठकले फरक मतको विषयमा निर्णय गर्ने पोखरेलले बताए ।

विधान महाधिवेशन लगायत विषयमा छलफल गर्न एमालेले भोलि सचिवालय बैठक बोलाएको छ । एमालेले ७० बर्षको उमेर हद र दुई कार्यकालको व्यवस्था हटाइसकेको छ । रेडियो कान्तिपुरबाट

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ७ : ३४ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री