अत्यधिक गर्मीका कारण श्रमिकको उत्पादन गर्ने क्षमता र ज्यान जोखिममाः संयुक्त राष्ट्रसंघ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

अत्यधिक गर्मीका कारण श्रमिकको उत्पादन गर्ने क्षमता र ज्यान जोखिममाः संयुक्त राष्ट्रसंघ



काठमाडौं । संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका कारण विश्वभर तापमान बढ्दै गएको भन्दै सरकार र रोजगारदातालाई तत्काल कामदारको हितमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठन र मौसम संगठनले संयुक्त प्रतिवेदन सार्वजनिक गर्दै अत्यधिक गर्मीका कारण श्रमिकहरुको उत्पादन गर्ने क्षमता र ज्यान समेत जोखिममा परेको जनाउँदै प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।

प्रतिवेदन अनुसार तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि जाँदा प्रति डिग्री श्रमिकको उत्पादन गर्न सक्ने क्षमता ३ प्रतिशत सम्म घटेको छ । अत्यधिक गर्मीका कारण कृषि, निर्माण, माछापालनजस्ता क्षेत्र सहित विकासशील देशमा थप समस्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांक अनुसार विश्वभर करिब २ अर्ब ४० करोड श्रमिक अत्यधिक गर्मीमा काम गर्न बाध्य छन् ।

 

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : २८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री