उपसभामुख राना अमेरिका भ्रमणमा गएको संसद्मा जानकारी छैनः सभामुख घिमिरे « Mahila Khabar
१२ कार्तिक २०८३, बुधबार

उपसभामुख राना अमेरिका भ्रमणमा गएको संसद्मा जानकारी छैनः सभामुख घिमिरे



काठमाडौं । उपसभामुख इन्दिरा राना संसदलाई जानकारी नै नदिइ अमेरिका भ्रमणमा गएको पाइएको छ। उनले संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र विषयबारे प्रश्न उठाएकी थिइन्।

कोइरालाले उपसभामुख संसद्को प्रतिनिधित्व गरेर अमेरिका गएको वा गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेर गएको भन्ने प्रश्न उठाइन्।

कांग्रेस सांसद रामहरि खतिवडाले कार्यव्यवस्थामा राखेको जिज्ञासामा सभामुख देवराज घिमिरेले संसद्को प्रतिनिधित्वका रूपमा उपसभामुख नगएको र अन्य विषयमा जानकारी नभएको बताएका थिए। राना साउन ३० मा अमेरिका गएको बुझिएको छ।

बैठकमा उपसभामुख इन्दिरा रानालाई पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव दर्ताका लागि नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेको विषयमा प्रतिपक्ष दलहरूले भने आपत्ति जनाए।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ८ : २९ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको