हेटौंडा उपमहानगरमा १३ प्रतिशत गर्भवती २० वर्ष मुनिका « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

हेटौंडा उपमहानगरमा १३ प्रतिशत गर्भवती २० वर्ष मुनिका



काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र करिब १३ प्रतिशत गर्भवती २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ ।

सो संख्या स्वास्थ्य संस्थामा गर्भ परीक्षणका लागि पुग्ने मध्येका हुन् । हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी भोला चौलागाईका अनुसार नगर क्षेत्रका कूल गर्भवतीमध्ये २० वर्ष मुनिका करिब १३ प्रतिशत गर्भवती हुने गरेका छन् । गर्भ परीक्षण गराउने ३ हजार ३ सय २० गर्भवतीमध्ये ४ सय २ जना २० वर्ष भन्दा कम उमेरका रहेको पाइएको हो ।

कम उमेरमा गर्भवती हुँदा गर्भवती बालिका र गर्भमा रहेका शिशु दुवैलाई जोखिम रहन्छ । नगरक्षेत्रमा देखिएको समस्यालाई लिएर हेटौंडा उपमहानगरपालिकाले समाधानका योजना पनि बनाएको जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनाका अनुसार आमा समूह, बालक्लब परिचालन गरेर बालविवाह रोक्ने प्रयास गरिने भएको छ । रेडियो कान्तिपुरबाट

 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ७ : ३३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री