वैदेशिक रोजगारीः एक वर्षमा १५ सय नेपालीको मृत्यु « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

वैदेशिक रोजगारीः एक वर्षमा १५ सय नेपालीको मृत्यु



काठमाडौं । वैैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेर ज्यान गुमाउनेको सङ्ख्या ठुलो छ।

वैदेशिक रोजगार बोर्डका अनुसार आव २०८१र८२ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका एक हजार ५१७ जनाको मृत्यु भएको छ।

बोर्डको आँकडामा देखिने सङ्ख्या श्रम स्वीकृति लिएर गई ज्यान गुमाएका मृतकका परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिएका आधारमा तयार पारिएको हो। श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको सङ्ख्यासमेत जोड्दा अझ भयावह अवस्था छ।

यसको यकिन तथ्याङ्क सरकारसँग छैन । बोर्डका अनुसार नेपालीले मलेसिया, कतार, साउदी अरब,संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरियालगायत मुलुकमा विभिन्न कारणले ज्यान गुमाएका छन् । युवालाई पर्याप्त सिप तथा तालिम नहुनु त्यस्तै गन्तव्य मुलुकमा सुरक्षाको ग्यारेन्टीबिना काममा लगाइनुलगायत कारण ठुलो सङ्ख्यामा नेपालीले ज्यान गुमाउने गरेका छन्।

वैदेशिक रोजगारीका व्रmममा विदेशमा मृत्यु हुुनेको सङ्ख्या क्रमशः बढेको छ । बोर्डका अनुसार आव २०८०÷८१ मा एक हजार ३४६ शव आएका थिए भने गत आवमा २०८१र८२ मा एक हजार ५१७ वटा शव आए । जुन अघिल्लो आवमा भन्दा गत आवमा १७१ शव बढी हो। बोर्डका निर्देशक एवम् सूचना अधिकारी गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेसँगै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको सङ्ख्या पनि बढेको जानकारी दिए।

वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट १० लाख रुपियाँ आर्थिक सहायता पाउँदै आएका छन्। बोर्डका अनुसार आव २०६५÷६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४ हजार ८६२ जनाको परिवारलाई आर्थिक सहायता स्वरूप पाँच अर्ब ९७ करोड ६४ लाखभन्दा बढी रकम उपलब्ध गराइएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : ३१ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री