पलेशा गोवर्धनले जितन् छैटौं अन्तर्राष्ट्रिय पदक « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

पलेशा गोवर्धनले जितन् छैटौं अन्तर्राष्ट्रिय पदक



नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले छैटौं अन्तर्राष्ट्रिय पदक जितेकी छन् । 

पछिल्लो पटक पलेशाले मलेसियामा जारी १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जित्दै आफ्नो अन्तर्राष्ट्रिय पदकको संख्या ६ वटा पु¥याएकी हुन् । युथ एशियन गेम र एशियली पारा ओलम्पिक्समा स्वर्ण जितेकी पलेशाले पेरिस पारा ओलम्पिक्स, एशियन गेम र एशियन च्याम्पियनसिपमा कास्य हात पारेकी थिइन् । 

उनी नेपालको लागि ओलम्पिक्सबाट पदक जित्ने पहिलो नेपाली खेलाडी पनि हुन् । नेपाल तेक्वान्दो संघका अनुसार मलेसियामा आयोजित एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपको के–४४ क्याटगोरीको सेमिफाइनलमा पलेशा चीनकी ली युज्जीसँग पराजित भइन् । लीले पलेशालाई पहिलो राउन्डमा ४–० र दोस्रो राउन्डमा १०–० ले पराजित गरिन् । यसअघि उनले क्वाटरफाइनलमा उज्वेकिस्तानकी जुराएभा कमोलालाई २३–६ ले हराएकी थिइन् । यसैबीच, च्याम्पियनसिपमा सहभागी नेपालका अन्य खेलाडी भरत सिंह महता, अमिर ब्लोन, कामना प्रसाई र रेणु तामाङ भने पहिलो चरणबाटै बाहिरिएका छन् ।

 पलेसाको पछिल्लो सफलतासँगै पारा तेक्वान्दोमा प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा नेपालको अन्तराष्ट्रिय पदक संख्या १२ पुगेको छ । उनको नेतृत्वमा नेपाली पारा तेक्वान्दोबाट ३ स्वर्ण, २ रजत र ७ कास्य पदक जितेको हो ।   

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ३५ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री