आयोग खारेज गर्न माग « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

आयोग खारेज गर्न माग



५ असार, काठमाडौं, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिका व्यक्तिको छानविन आयोगमा सरकारद्दारा हालसालै गरिएको पदाधिकारीहरुको नियुक्तीप्रति सम्पुर्ण द्धन्दपीडितहरुको विरोध रहेको  छ । विहिबार  लैङ्गिक तथा संक्रमणकालीन न्याय सञ्जालले विज्ञप्ति जारी गर्दै यो कुरा उल्लेख गरेको हो  । विज्ञप्तिमा यसरी गठन भएको संक्रमणकालिन न्याय संयन्त्रमा पीडितहरुको सहकार्य र सहभागिता नहुने जनाएको छ  । साथै गठित आयोगले पीडितलाई न्याय दिनुको सट्टा पीडकहरुको नै पक्षपोषण गरेको सञ्जालको आरोप छ । यसले दण्डहिनतालाई संस्थागत गर्ने उनीहरुको दावि छ । राजनीतिक भागवण्डाको आधारमा नियुक्ती गर्ने आयोगले पीडितको न्याय सुनिश्चितता गर्ने सन्दर्भमा अपनाउनु पर्ने न्यूनतम मापदण्ड समेत नअपनाएको उनीहरुको दावि छ ।

विज्ञप्तिमा आयोगलाई खारेज गरि पीडित नागरिक समाज र अन्तर्राष्ट्रिय जगतको समेत विश्वसनीयता र सर्वस्वीकार्यता सहितको नयाँ प्रक्रियाले आयोग खोल्न माग गरिएको छ । साथै विज्ञप्तिमा नेपाल सरकारले विभिन्न समयमा सञ्चालन गरेका अन्तिरिम राहतका कार्यक्रमहरुमा समेत बलात्कार तथा यौनजन्य हिंसाका पीडितहरुलाई नसमेटेको उनीहरुले उल्लेख गरेका छन् । पीडितहरुले हालसम्म पनि कुनै सेवासुविधा र उपचार नपाएको कारण उनीहरुको जीवन कष्टपुर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष वितिसक्दा पनि पीडितहरुले न्याय नपाउनु भनेको नेपाल सरकार मानवअधिकार उल्लङघनका पीडित नागरिकहरुप्रतिको आफ्नो अभिभावकिय दायित्व पुरा गर्ने जिम्मेवारीमा असफल भएको आरोप लगाइएको छ । द्धन्दकालिन यौनजन्य हिंसा उन्मुलन संबन्धि अन्तर्राष्ट्रिय दिवसको अबसर पारेर उनीहरुले प्रेस विज्ञप्ति जारी गरेका हुन ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ४ : ४५ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री