काठमाडौं ।
मिडियामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) नीति निर्माणका लागि विभिन्न मिडियामा अभियान स्वरुप पुग्दै आएको सञ्चारिका समुहले सोमबार अनलाइनखबरका सम्पादक सँग उक्त बिषयमा छलफल गरेको छ ।
छलफलमा सञ्चारिका समुह नेपालकी अध्यक्ष कमला पन्थीले जेसी पोलिसी लागु गर्नका लागि अनुरोध गरेकी थिइन् । अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले भने पोलिसीका रुपमा लागु नभएता पनि कार्यलय भित्रका हरेक पक्षमा लैंगिक समानताको बिषयमा बिषेश ध्यान दिने गरिएको बताए । उनले यदि पोलिसी बनेको खण्डमा पोलिसि पनि लागु गर्नका लागि कुनै समस्या नभएको बताउँदै भने, ‘पोलिसी लागु गर्नका लागि हामीलाई समस्या छैन । हामी अहिले पनि यो बिषयमा संवेदनशिलनै छौं । यदि पोलिसिको ड्राफ्ट बनाएर ल्याउनुहुन्छ भने हामी त्यसलाई हेरेर हाम्रा बिषय पनि समावेश गरेर लागु गर्छौँ ।’






प्रतिक्रिया